फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • एनएमबि बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट

एनएमबि बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट

एनएमबि बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट

एनएमबि बैंकले हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । बैंक र अस्पतालबीच भएको सम्झौतासँगै बिराटनगरस्थित उक्त अस्पतालमा बैकका ग्राहकले छुट पाउने भएका हुन् ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका हु्न् ।

उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट तथा सहुलियत बैंकका ग्राहकहरु पाउने भएका छन् ।

अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका