साना किसान विकास लघु वित्त वित्तीय संस्थाले आफ्नो स्थापना कालको दुई दशक मंगलबार पार गरेको छ । २० वर्षको यात्रामा संस्थाले भोगेका उतार चढाव, सफलताको अनुभव गर्दै संस्था अघि बढेको छ । यसै सन्दर्भमा हलोखबरका लागि संवाददाता प्रबिता श्रेष्ठले साना किसान विकास लघु वित्त वित्तीय संस्था संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालासँग लिएको अन्तर्वाताको सम्पादित अंशः
साना किसान विकास लघु वित्त वित्तीय संस्था संस्थाले स्थापनादेखिको दुई दशक कसरी पार गर्यो, छोटकरीमा बताइ दिनुहुन्छ कि ?
२०५८ असार २२ गते स्थापना भएको साना किसान विकास लघु वित्त वित्तीय संस्थाले आज आफ्नो २० औँ वार्षिक उत्सव मनाएको छ । यस वित्तीय संस्थाको मुख्य उद्देश्य साना, विपन्न, वहिष्करणमा परेका दलित, जनजाति, पिछडिएका वर्ग अझ खास गरी महिलालाई चेतना जगाउने, सीप तथा ऋण पूँजी उपलब्ध गराइ कृषिमा संलग्न गराउँदै आएको छ ।
जसबाट उनीहरू आफ्नै पौरखले आत्मनिर्भर भई जीविकोपार्जन गर्न सकुन् । उनीहरूको सशक्तिकरणका लागि वित्तिय पहुँच अर्को महत्वपूर्ण पक्ष हो जसलाई यस संस्थाले मूलधारको विषय बनाइ वित्तिय साक्षरता तथा पहुँच साना, सिमान्तकृत, वहिष्करणमा परेका समुदाय, दलित तथा महिलालाई प्रदान गर्ने गरेको छ ।
त्यस्तै हामो दोस्रो लक्ष्य साना र विपन्न किसानहरूलाई परम्परागत कृषि प्रणालीबाट आधुनिक प्रविधितर्फ उन्मुख गराउनु हो । उनीहरूलाई नवीन कृषि प्रणाली प्रयोगका लागि प्रोत्साहित गर्नु रहेको छ । यसका साथै, उद्यमशीलताको संस्कृति विकासमा पनि जोड दिएका छौँ । साना तथा मझौला व्यवसाय खास गरी कृषि उद्योग संचालन हुनुपर्छ जसले गर्दा गाउँगाउँमा रोजगारी सिर्जना होस् । उद्यमशीलता संस्कृतिमा विकास गर्ने उद्देश्य हामीले बोकेका छौं । सोही उद्देश्य स्वरुप २० औँ वर्षको यस अवधिमा राम्रो प्रगति गरेको महसुस हामीले गरेका छौं ।
हाल करिब ३२ सय युवाहरूलाई इजरायल सरकारसँग सम्बन्ध स्थापना गरेर साना किसान परिवारका युवाहरूलाई आधुनिक कृषि प्रविधि सिक्नका लागि इजरायल पठाइसकेका छौं । जस मध्ये २७ सय फर्किसकेका छन् बाँकी अन्तिम वर्षकाहरु उतै छन् । आउने जानेक्रम चलिरहन्छ । फर्किएका ४० प्रतिशतले आफ्नै जग्गामा, लिजमा होस् वा जग्गा खरिद गरेर भएपनि व्यावसायिक कृषि सुरु गरिसकेका छन् ।
इजरायलले प्रविधिको प्रयोग गरेकाकारणले कृषि उपजका उत्पादकत्वमा वृद्धि भएको जानकारी पनि तिनै किसानबाट सुन्न पाइएको छ । यसैबाट कृषिको रुपान्तरण तथा व्यावसायिकरणमा साना किसान विकास लघु वित्त वित्तीय संस्थाको महत्वपूर्ण भुमिका रहेको छ । र, यो नै यस संस्थाकोे उद्देश्य पनि हो ।
यस संस्थाको ११ वटा शाखाले कसरी काम गरिरहेको छ ?
साना किसान विकास लघु वित्त वित्तीय संस्था संस्था थोक कर्जा प्रदायक संस्था भएका कारण यसको खासै धेरै शाखा छैन । हालसम्म करिब ११ वटा शाखा नेपालका विभिन्न स्थानमा स्थापना भएका छन् । यस संस्थाले कृषि सहकारीलाई ऋण प्रदान गर्ने गर्छ । ११ वटा शाखाले आ–आफ्ना मातहतमा रहेका साना किसान कृषि सहकारी संस्थालाई सुदृढीकरण गर्ने, विकट क्षेत्रमा नयाँ सहकारीहरू स्थापना गर्न सहयोग गर्ने, सदस्यता वृद्धि गर्ने, ऋण-पूँजी, प्रविधि प्रवाह गर्ने कामहरू गर्छ ।
२०५८ सालमा कृषि विकास बैंकको सात करोड पूँजी, दुई करोड नेपाल सरकारबाट, ५० लाख नेपाल बैंक, २० लाख नबिल बैंक र १७ लाख २१ वटा साना किसान सहकारीहरूले संयुक्त लगानीमा स्थापना भएको हो, साना किसान विकास लघु वित्त वित्तीय संस्था ।
दुई दशकको अवधिमा संस्थाले लक्षित गरेका लक्ष्य पूर्ति भए वा भएन होला ? कतिको सफल भएका मान्नु हुन्छ ?
हामीले आशा गरेभन्दा पनि बढी लक्ष्य पुर्ति भएको छ । ‘टार्गेट’ गरेभन्दा बढी उपलब्धी हासिल गर्न सकेका छौं । जुन संस्थाका लागि सुखद समाचार हो । उपलब्धीको मापन वित्तय सुचकको आधारमा हुन्छ । समाजमा सामाजिक, आर्थिक रुपान्तरण कतिको भयो, लक्षित गरिएका महिलाहरूको सशक्तिकरण कतिको भयो भनेर हेर्न हो भने यस संस्थामा हालसम्म १० लाख परिवार र ७९ प्रतिशत महिलाहरूको संलग्नता रहेको छ । यसको अर्थमा यी १० लाख परिवार र ७९ प्रतिशत महिला साना किसानबाट लाभान्वित भएका छन् ।
महिलाहरूका संलग्नता उक्त प्रतिशतबाटै पुष्टि हुन्छ कि हाम्रो लक्ष्य तथा प्राथमिकताले सही दिशा समातेको छ । कतिपय महिलाहरू अचार बनाउने, कतिपय डोको नाम्लो बनाउने जस्ता साना तथा मझौला उद्यममार्फत आत्मनिर्भर भएका छन् । महिलाहरूमा नेतृत्वको विकास भएको छ भने, महिलाहरू आफ्नो लागि आफै केही गर्न सक्ने आत्मविश्वास पनि जागृत भएको छ ।
सबैभन्दा वहिष्करणमा परेको समुदायमा पर्छन् : डोम, डुसार, चमार, मुसहर समुदाय । उहाँहरूलाई ‘टार्गेट’ गरेर सदस्य बनाउने, सीप तथा ऋण दिने, उद्यमशीलताको तालिम दिने कामहरू भएका छन् । र, उहाँहरूमा पनि उद्यमशीलताको विकास भएको हामी प्रत्यक्षदर्शी हौँ ।
साना किसान विकास लघुवित्तिय वितको यात्रा कसरी सुरु भयो ? र, हाल कुन अवस्थामा छ ?
कृषि विकास बैंकले साना किसान विकास आयोजनाको रुपमा २०३२ सालमा सुरु गरेको थियो । गरिब तथा विपन्नको लागि कारोबार लागत बढ्ने, निरीक्षण गर्न कठिनाइ हुने, अनुगमन निरीक्षण समयमा नहुँदा समयमा ऋण असुली नहुने जस्ता तमाम समस्याका कारण कृषि विकास बैंकले उक्त कार्यक्रमको संस्थागत विकास गर्ने निर्णय भयो । अनि, साना किसान सहकारीको अवधारणा बैंकले प्रस्ताव गर्यो । जस पश्चात साना किसान सहकारीहरू बन्न थाले ।
साना किसानका स–साना सहकारी बन्न थाले पनि पुनः कृषि विकास बैंकले नै ती सहकारीलाई एकरुपतामा ल्याउन, व्यवस्थापन तथा प्रवर्दन गर्न छुट्टै बैंक स्थापना गर्नु पर्ने आवश्यकता देख्यो । जसबाट सहकारीलाई आवश्यक ऋण पूँजी उपलब्ध गराउने, सुदृढीकरण गर्ने जिम्मा उक्त संस्था हुन्छ । सोही अनुरुप, साना किसान विकास बैंकको बन्यो । जुन फलस्वरुप साना किसान विकास लघु वित्त वित्तीय संस्था संस्थाको रुपमा स्थापित भयो ।
२०५८ सालमा कृषि विकास बैंकको सात करोड पूँजी, दुई करोड नेपाल सरकारबाट, ५० लाख नेपाल बैंक, २० लाख नबिल बैंक र १७ लाख २१ वटा साना किसान सहकारीहरूले संयुक्त लगानीमा स्थापना भएको हो, साना किसान विकास लघु वित्त वित्तीय संस्था । यसरी नौ करोड ८७ लाखका चुक्ता पूँजीबाट सुरु भएको संस्था आजको दिनमा १ अर्ब २५ करोड १५ लाख पुगिसकेको छ । यसैबाट पनि संस्थाले मारको फड्कोको अनुमान गर्न सकिन्छ ।
दुई सय १९ सहकारी संस्थानबाट १३ सय सहकारी सदस्य हालको अवस्थामा सदस्य छन् भने १० लाख परिवार संस्थाको सुविधाबाट लाभान्वित भएका छन् । ७४ जिल्ला, पाँच सय ३०-३१ पालिकामा संस्थाको पहुँच पुगिसकेको छ ।
वित्तिय सुचकमा २६ अर्ब ३० करोडको कुल सम्पति भइसकेको संस्थाको रहेको छ । बैंकको आफ्नै ऋण असुली (गरेको लगानी) २४ अर्ब रहेको छ । साना किसानहरूले आफ्नै ४३ अर्बको समुदायबाट संकलन र बचत गरेका छन् । ग्रामिण क्षेत्रमा पनि ६७ अर्ब बराबरको ऋण पूँजी परिचालन भएको छ । जसमा ७९ प्रतिशत महिलाहरूको सहभागिता हुनु सानो विषय होइन ।
खुद सम्पति दुई सय ७४ पैसा, पूँजीको प्रतिफल २१ प्रतिशत, प्रति सेयर आम्दानी ४९ रुपैँया ५७ पैसा रहेको छ । पूँजी कोष बढीमा नौ प्रतिशत आवश्यक पर्नेमा १२ दशमलब ८ प्रतिशत रहेको छ । यी सबले व्यावसायिक रुपले वृद्धि भइरहेको छ । ‘ब्यालेन्स सिट’ को साइज बढी रहेको छ ।
आगामी वर्षमा बाँकी दुई जिल्लामा पनि हामी आफ्नो पहुँच पुर्याउने छौँ । महिलाहरू सशक्त तथा उद्यमशील भएका छन् । युवा कृषिमा लाग्ने ट्रेण्ड पनि बढेको छ । ग्रामिण समुदायको ग्रामिण सामाजिक तथा आर्थिक रुपान्तरणमा यस वित्तिय संस्थाले अग्रणी भुमिका खेलेको छ ।
आठ वर्ष अघि हाम्रो समन्वय इजरायल सरकारसँग भयो । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत प्रति वर्ष ५० कोटामा नेपाली युवा इजरायलमा १०–११ महिने कृषि प्रविधि तथा प्रणाली सिक्न जान पाउने व्यवस्था मिलायौँ ।
वित्तिय कारोबार, शिक्षा आफैमा जटिल विषय हो । त्यसमा पनि तपाईहरू ग्रामिण, पछिडिएका, वर्गिकृत तथा वहिष्करण तथा साना किसानका केन्द्रित हुनु हुन्छ जो शैक्षिक तबरले पनि पिछडिएका छन् । यस्तो परिस्थितिमा उक्त वर्गमा वित्तिय पहुँचको ज्ञान दिँदै उद्यमशीलतातर्फ समानान्तर रुपमा लैजानु कतिको कठिन प्रयास रह्यो ?
काम गरे पछि आवश्यक कठिनाइ हुन्छ । जसले काम गर्छ उसले पक्कै पनि कठिनाइलाई भोगेको हुन्छ । काम गर्ने क्रममा अप्ठ्यारा तथा कठिनाइ हुन्छ । यस संस्थाको स्थापना गरेको नै यी तमाम चुनौतीलाई सामाना गर्न हो । पिछडिएर समुदाय, महिलालाई सशक्तिकरण गर्ने उद्देश्य लिएर उठे पछि अघि बढ्ने क्रममा अप्ठ्यारो आउँछन्, आए पनि ।
तर, हामीलाई यी अप्ठ्यारो हुन् जस्तो लाग्दैन किनभने हाम्रो साझेदार कृषि सहकारीहरू गाँउ–गाउँमा छन् । सहकारीहरू कै ४३ प्रतिशत स्वामित्व यस संस्थाले सहकारीलाई पूँजी दिने गर्छ । जुन साना किसान तथा महिला केन्द्रित हुन्छन् ।
इजरायल सरकार, इफाड (अन्तर्राष्ट्रिय संस्था), एसियाली विकास बैंक, एफआइडी, नेपाल सरकारको सहयोग प्रदान गर्दा साना किसान सहकारीमार्फत किसान समक्ष पूँजीमात्र नभई ज्ञान तथा सीप पनि पुर्याइ रहेका छौँ ।
साना किसान सहकारी संस्थाले पनि आफ्ना गाउँका सदस्य, महिलालाई ‘टार्गेट’ गर्दै कार्यक्रम संचालन गर्छन् । हामीे हाम्रा साना किसान सहकारीलाई जो महिला नपढ छन्, जसमा उद्यमशीलता, तालिम सीप छैन, जोसँग धितो छैन उनीहरूलाई प्राथमिकतामा राखि सदस्य बनाइ सेवा दिन अनुरोध गछौँ । धितो भएका बरु कर्मसीयल बैंकतर्फ गए पनि खासै फरक पर्दैन तर, व्यवसायका लागि केही योजना अथवा प्लान भएका तर, पिछडिएका त्यस्ता वर्गमा केन्द्रित हुने हाम्रो राय रहन्छ ।
उनीहरूलाई सदस्य बनाइसके पछि सीप, तालिम, वित्तिय साक्षरता तालिम, सहकारी शिक्षा संचालन गर्ने गछौँ । यसका लागि हामी गाउँमै लेखपढ गर्न जान्ने माफर्त सामूहिक रुपमा उनीहरूलाई पढ्न लेख्न, वित्तिय साक्षरताको लागि तालिम दिने गछौँ ।
यस्ता कार्यक्रम सञ्चालन गर्न अवश्य पनि कठिन छन् तर, हामी गाउँगाउँ तथा विकट क्षेत्रमा सहकारी स्थापना गरेर काम गर्न तत्पर छौँ । त्यस्ता विकट क्षेत्र जहाँ एक वडाबाट अर्कोमा पुग्न बिहान हिडेर साँझमा फर्किन मुस्किल पर्छ, जहाँ अन्य बैंक तथा वित्तिय कार्यलय जान मन गर्दैनन् हामी उक्त स्थान र मानिस केन्द्रित कार्यक्रम सञ्चालन गछौँ । यसका लागि नेपाल सरकार, दातृ संस्थाहरूको सहयोग गरेको छ । कार्य योजना कठिन र चुनौतीपूर्ण छ तर, हामी थाकेका छैनौँ ।
इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अनि साना किसान विकास लघु वित्त वित्तीय संस्थाको समन्वयबारे प्रकाश पारि दिनु होस् ?
जब सम्म युवा, पढेलेखेका मानिसहरू कृषिमा लाग्दैनन् तबसम्म परम्परागत कृषि प्रणाली आधुनिक कृषि प्रणालीमा रुपान्तरण हुन सक्दैन । न त कृषिको दिगो विकास नै हुनसक्छ । ग्रामिण अर्थतन्त्रको संरचना परिवर्तनको लागि युवा र नवीन कृषि प्रणालीको आवश्यकता छ ।
पढेलेखका युवाहरूको संलग्नतामा मात्र दिगो कृषि विकास तथा कृषिको उत्पादन तथा उत्पादकत्व बढ्न सक्छ । सोही सोचलाई व्यवहारमा लागु गर्न हामीले इजरायल सरकारसँगको समन्वयमा इजरायली कृषि प्रविधि नेपाल भित्र्याउनको लागि समन्वय गर्यौँ । कृषिमा इजरायलले मारेको फड्को अतुलनीय र लोभलाग्दो छ ।
आठ वर्ष अघि हाम्रो समन्वय इजरायल सरकारसँग भयो । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत प्रति वर्ष ५० कोटामा नेपाली युवा इजरायलमा १०–११ महिने कृषि प्रविधि तथा प्रणाली सिक्न जान पाउने व्यवस्था मिलायौँ ।
हाल उक्त कोटा बढेर प्रति वर्ष पाँच सयजनामा पुगेको छ । यो उहाँहरूको हामी माथिको विश्वास हो । इजरायल सरकारले नेपालबाट फर्किएर कृषिमा लागेको प्रशस्त उदाहरणहरू पछि छन् । यसलाई इजरायल राजदुतावासले अनुगमन पनि गरिरहेको छ । हाल पनि पाँच सय युवा इजरायलमै कृषि प्रविधि सिकिरहेका छन् ।
यद्यपि, कोरोनाका कारण गएका ब्याच फर्कन सकेका छैनन् भने, तयारी अवस्थामा रहेका पाँच सय ब्याच नेपालमै छन् । कुल ३२ सयमा विद्याथीले इजरायल गई कृषि प्रणालीको ज्ञान लिइसकेका छन् भने, २७ सय जना नेपाल फर्किसकेका छन् । जसमध्ये, ४० प्रतिशत कृषिमा लागिरहेका छन् ।
आफै जग्गा वा लिजमा पनि इजरायलका सिकेका प्रविधिलाई अनुकरण गर्दै कृषि उत्पादकत्वमा सहयोग पुर्याए रहेका छन् उनीहरूले । ड्रिप इरिगेसन, फल्ड इरिगेसन, माटोलाई माया गर्ने, माटोमा कति मात्राको पानी र मल, बीउको आवश्यकता पर्ने विषयलाई प्रविधिक पक्षबाट हेर्न दृष्टिकोण इजयरालमा सिकेर आउँछन् उनीहरू ।
इजरायलबाट फर्किएर आएका युवाहरू भन्छन्, ‘यु आक्स सोइल’ अर्थात पहिले माटोलाई सोध । माटोलाई पानी कति, मल कहिले कति आवश्यक पर्छ जस्ता प्राविधिक सिकाइ सिकेर आएसँगै कृषिमा रुपान्तरण भएको छ ।
हालको लागि कोभिडको असरबाट बच्नको लागि ‘पुर्नः उत्थान कर्जा’ भनेर सस्तोमा सहकारीलाई प्रदान गरिरहेका छौँ । साना किसान वित्तय साना किसानले सञ्चालन गरेको वित्त हो । ४४ प्रतिशत सेयर साना किसान सहकारी, महिलाहरूको ७९ प्रतिशतको संलग्नता छ भने उनीहरूलाई परेको दुःख पीडामा यस संस्था मद्दतका लागि तयार छ । र मद्दत गर्नु पनि पर्छ ।
विगत दुई वर्षदेखि विश्व नै कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको प्रभाव संस्था र संस्थामा आवद्ध साना किसानलाई कतिको परेको छ । किसानको सहयोगार्थ संस्थाले के के पहल तथा सुविधा प्रदान गर्यो ?
विश्वको अर्थतन्त्रमा नै कोरोनाले हलचल ल्याएको छ भने हाम्रा साना किसान प्रभावित नहुने कुरौ भएन । हामी किसानलाई उत्पादन, प्रशोधन, बजारीकरण गर भन्छौँ तर, विगत दुई वर्षको कोराना कहरमा किसानलाई परेको सबैभन्दा ठुलो समस्या उनीहरूले गरेको उत्पादनलाई बजार तथा उपभोक्तामाझ कसरी पुर्याउने थियो ।
यातायात ढुवानी अवरोधका कारण कोरोनाकाल मै तरकारी फार्म मै कुहिए, दुध सडकमा फाल्नु पर्ने स्थितिसमेत आयो । साना किसान सदस्यहरू आफ्ना फार्ममा उत्पादन भएका कृषि उपज, दुध, मासुजन्य वस्तु बेच्न नसक्दा समयमा साना किसानबाट लिएको ऋण समयमा तिर्न सक्नु भएन । साना किसान कृषि सहकारीमा किसानबाट समयमा ऋण तिर्न नसक्दा ती सहकारीले यस वित्तलाई समयमा समयमा ऋण तिर्न सक्नु भएन ।
यद्यपि, हामीले कोरोनाको समयमा मध्य नजर गर्दै उनीहरूले तिर्ने किस्तालाई पर सारि दियौँ । अवस्था सहज भए पछि तिर्नको लागि यस संस्थाले सहजता दिएको छ भने थप पेनाल्टी, हर्जाना ब्याजजस्ता विषयले सहकारी तथा किसानलाई समस्यामा पारेका छैनौँ । अघिल्लो कोरोनामा किस्ता सार्ने बाहेक ब्याजमै पनि छुट दिएका थियौँ । त्यस्तै, किसानको क्षतिपूर्तिसमेत हामीले बेहोरेका छौँ । हामीसँग ग्राहक संरक्षण कोष रहेको छ । सोही कोषको रकम हामीले क्षतिपूर्तिका लागि उपयोग गर्यौँ ।
हालको लागि कोभिडको असरबाट बच्नको लागि ‘पुर्नः उत्थान कर्जा’ भनेर सस्तोमा सहकारीलाई प्रदान गरिरहेका छौँ । साना किसान वित्तय साना किसानले सञ्चालन गरेको वित्त हो । ४४ प्रतिशत सेयर साना किसान सहकारी, महिलाहरूको ७९ प्रतिशतको संलग्नता छ भने उनीहरूलाई परेको दुःख पीडामा यस संस्था मद्दतका लागि तयार छ । र, मद्दत गर्नु पनि पर्छ ।
हाम्रो संस्था साना किसान तथा विपन्नलाई धनी बनाउने अभियानमा लागेको छ । शतप्रतिशत सफलता प्राप्त भएको छैन तर, हामी उक्त दिशामा लागेका छौं । यसमा हामीलाई सरकार, मिडिया सबैको सहयोग आवश्यक छ ।
तर, हाम्रो सोच केही भिन्न छ । आजसम्मको इतिहासमा किसानका थलाबाट भैंसी अनि फार्म लिलामी गर्न परेको छैन । हाम्रो असुली दर ९९ प्रतिशत छ, भाका नाघेको दर ‘नोमिनल’ अर्थात न्यून छ । यी सबको कारण ऋण दिनु अघि हामी सीप सिकाउँछौँ, कुन ऋण के मा कसरी प्रयोग गर्ने भन्ने विषयमा चेतना जगाउँछौँ ।
दुई दशकमा उल्लेखनिय प्रगति भयो भन्नु भएको छ, तर सोचेजति सफलता पनि प्राप्त भएको छैन भन्नु हुन्छ । शतप्रतिशत प्रतिफल भन्नाले ?
शतप्रतिशत सफलता कहिल्यै प्राप्त हुँदैन । शतप्रतिशत सफलता पायो भने प्रगति नै अवरुद हुन्छ । साथै सफलतामा कहिल्यै पनि सुन्तुष्ट हुनु हुन्न । आफुले गरेको काममा सन्तुष्ट हुनु पर्छ । शतप्रतिशत सफलता पाए भनेर सोच्नु भयो भने त्यहाँ प्रगति हुँदैन ।
यसको अर्थ के साना किसान विकास वित्तका लागि १० लाख मात्रै हुन् त साना किसान परिवार ?
अझ धेरै परिवार बाँकी छन् । हामी ७४ जिल्लामा पुगेका छौं तर, हामी ७७ जिल्लामै पुग्नु पर्नेछ । ७४ जिल्लामै पनि पाँच सय ३० स्थानीय पालिकामा पुगेका छौं । सबै स्थानीय गाउँपालिकामा पुग्न सकेका छैनौँ । त्यहाँ पुग्न सेवा दिन बाँकी छ ।
अझै पनि महिला तथा पछिडिएका समाज साना किसानको सेवा पाए हुन्थ्यो भन्ने आशामा छन् । उनीहरूका घर दैलोमा सीप, क्षमता विकास तथा वित्तय साक्षरता पुर्याउन सकेका छैनौँ । यस्ता कार्यक्रम हामीले लगिरहन सकेका छैनौँ । उक्त आशयमा मैले शतप्रतिशत सफलता पाउन सकेको छैनौँ भनेको हुँ । साना किसानमाझ अझ धेरै जान बाँकी छ, अझै धेरै प्रगति गर्न बाँकी छ ।
दुई दशकको अवधिमा किसानसँग नजिक रहँदा, उनीहरूका दुःख, भोगाइ अनि सफलता देख्दा संस्थाले पाएको बोध गरेको ‘इन्साइट’ वा आत्मानुभुति भने के होला ?
दुई दशकको यात्रामा हामीले पैसामात्र दिएर हुँदैन रहेछ भन्ने बुझ्यौँ । किसान, अशिक्षित समाजमा पैसा दिएर मात्र गरिबी निवारण हुँदैन । हामीले पैसा दिनु अघि पैसाको महत्व चेतना दिनु पर्छ, सीप सिकाउनु पर्छ, व्यावसायिक योजना दिनु पर्ने हुन्छ ।
मैले पैसा पाए भने यो काम गर्छ र सफल हुन्छु भन्ने दुरदर्शिताको विकास गरे पछि मात्र लगानी गर्न दिनु पर्ने भन्ने कुरा हामीलाई बोध भयो । किसानमा भए पनि भविष्यप्रतिको सकारात्मक सोचको विकास गराउनु पनि उत्तिकै महत्वपुर्ण हुन्छ । त्यस पछि पूँजी दिनु पर्छ ।
धेरै जसो बैंक वित्तिय संस्थाहरूले धितो राख्ने, पूँजी उपलब्ध गराउने ‘ट्रेण्ड फलो’ गर्छन् । किसानले समय ऋण तिर्न नसक्दा ऋण असुली नहुँदा धितामो राखिएको भैसी, फार्म बैंक तथा वित्तियको असुलीमा पर्छ । ऋण लिएर किनेको सोही भैंसी, गाईवस्तु, जग्गा फार्म नै लिलाम हुन्छ ।
तर, हाम्रो सोच केही भिन्न छ । आजसम्मको इतिहासमा किसानका थलाबाट भैंसी अनि फार्म लिलामी गर्न परेको छैन । हाम्रो असुली दर ९९ प्रतिशत छ, भाका नाघेको दर ‘नोमिनल’ अर्थात न्यून छ । यी सबको कारण ऋण दिनु अघि हामी सीप सिकाउँछौँ, कुन ऋण केमा कसरी प्रयोग गर्ने भन्ने विषयमा चेतना जगाउँछौँ ।
किसानमा एउटा प्रस्ट ‘भिजन’ भए पछि मात्र ऋण दिन्छौँ । पैसा दिए पछि पनि नियमित अनुगमन पनि गछौँ । यस कारण हाम्रो रकम उत्पादनशील काममा प्रयोग हुन्छ ।आजसम्मको अनभुवले पैसा भनेको त्यसै दिनु हुँदैन भन्ने बोध गराएको छ । एकदम सस्तोमा पैसा दिएर पनि समस्याको समाधान होइन, उत्पादनशील काममा पैसा खर्च गर्दा केही बढी ब्याज लिदाँ त्यसले किसानको ‘क्वालिटी अफ लाइफ’ तथा व्यवसायमा फरक पार्दैन भने केही सोच नभएको मानिसलाई ब्याजै नलिई ‘फ्रि’ मै पैसा दिए पनि उसको उत्थान हुँदैन ।
यस कारण पनि चीनियाँ उखान छ, ‘माछा मार्ने सीप दिनु, माछा मारेर नदिनु ।’ किसानलाई पूँजीमात्र नदिई किसानलाई नै पूँजीको रुपमा विकास गर्नु पर्छ । ‘ह्याुमन क्यापिटल डेभलप्मेट’ त्यो बेला हुन्छ जब उसमा सीप, शिक्षा र आत्मनिर्भर हुने दिशामा लागेको हुन्छ । हामी त्यही मानव पूँजी बनाउने दिशामा लागेका छौँ । र, हरेक मानिस महिला होस् या पुरुष उद्यमशील हुनु पर्छ । उनीहरूमा उद्यमशीलताको विकास हुनु पर्छ । पैसा कमाउने, नाफा बढाउनेभन्दा पनि समुदायलाई जरादेखि नै बलियोे बनाउन लागेका छौँ ।
१० लाख परिवार समेटेका छौँ तर, अझै धेरै परिवार समेट्न बाँकी छ । जसका लागि पूँजीको आवश्यकता पर्छ । हालको लागि वाािणज्य बैंकबाट ल्याएर पनि व्यवस्था गरिरहेका छौँ । तथापि, वाणिज्य बैंकको रकम भने बजार दरले ब्याज निर्धारण गर्छ । उक्त ब्याजमा ल्याउँदा महंगो पर्न जान्छ ।
यस संस्थाका भावी योजना ?
भावी योजना अन्तर्गत सबैभन्दा पहिले ७७ जिल्लामा सेवा प्रवाह गर्ने, पाँच सय ३० वटा अझ बढी स्थानीय तह पालिकाका साना किसानमाझ सेवा पुर्याउने रहेको छ । महानगरपालिका बाहेक विकट र दुर्गम क्षेत्रमा साना किसान कृषि सहकारी स्थापना गरेर कृषि सेवा प्रदान गर्ने रहेको छ ।
युवा केन्द्रित कार्यक्रम ल्याउने तथा इजरायली ‘लर्न एन्ड अर्न’ कार्यक्रमलाई निरन्तरता दिनेछौँ । कृषि प्रविधि साथै नेपालमै पनि ‘सिटिभिटी’ अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छीपालन तालिम दिने योजनामा छौँ । कृषि क्षेत्रमा फड्को मार्नको लागि पूँजी, सीप, प्रविधि, तालिम दिएर कृषिको उत्पादन र उत्पादकत्व बढाउन हामी केन्द्रित छौँ । किसानका आय आम्दानीमा उल्लेखनीय वृद्धि गराउनु पनि संस्थाको दायित्व हो । यस अनुसार हामी बढी रहेका छौँ ।
अन्तमा ?
हाम्रो यो अभियानमा साथ सहयोगको आवश्यकता छ । हुनत नेपाल राष्ट्र बैैक तथा अन्य दातृ निकायको साथ सहयोग नभएको होइन । उहाँहरूको सहयोग अतुलनीय छ । यद्यपि, हामीलाई अझै पनि पूँजीको अभाव छ ।
१० लाख परिवार समेटेका छौँ तर, अझै धेरै परिवार समेट्न बाँकी छ । जसका लागि पूँजीको आवश्यकता पर्छ । हालको लागि वाणिज्य बैंकबाट ल्याएर पनि व्यवस्था गरिरहेका छौँ । तथापि, वाणिज्य बैंकको रकम भने बजार दरले ब्याज निर्धारण गर्छ । उक्त ब्याजमा ल्याउँदा महंगो पर्न जान्छ ।
स्वाभाविक रुपमा साना, सिमान्तकृत किसानहरूलाई कम ब्याज दरको पैसा उपलब्ध गराउनु पर्ने अवस्था पनि सिर्जित भइरहेको छ । एक त कृषि आफै पनि हेला गरिएको व्यवसाय हो । अर्को तर्फ युवा कृषिमा लाग्न इच्छुक देखिदैनन् ।
अर्गानिक खाद्यवस्तु आजको आवश्यकता हो । विषादीयुक्त खानाले स्वास्थमा प्रतिकुलता खडा गरेको छ । भयनाक रोग देखिएको छ । युवालाई कृषिमा संलग्न गराउन सस्तो ब्याज दरमा पैसा, प्रविधि, सीप दिनु पर्ने छ । जसको लागि साना किसान वित्तको एकल प्रयास मात्र पर्याप्त रहन्न । यसका लागि सबैको सहयोग चाहिन्छ ।
हामीले आफ्नो स्थानबाट पनि गरिरहेका छौँ । ग्रामिण अर्थतन्त्रको रुपान्तरणका लागि सबै दातृ निकाय, नेपाल सरकार, राष्ट्र बैंक मिडिया सबैलाई आफ्नो स्थानबाट सहयोग तथा हौसलाका लागि हार्दिक अनुरोध गर्दछौँ ।