फोर आइज न्युज
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • टिप्परको ठक्कर बाट दुई जनाको ज्यान गयो

टिप्परको ठक्कर बाट दुई जनाको ज्यान गयो

टिप्परको ठक्कर बाट दुई जनाको ज्यान गयो

उदयपुर / चौदण्डीगढी नगरपालिका-७ को लाटीखोलामा बुधबार टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । बेल्टार बजार जाँदै गरेको बा २ क ७०९ नम्बरको टिप्परले स ४ प ३६१ नम्बरको मोटसाइकललाई ठक्कर दिएको हो । ज्यान गुमाउनेमा बेल्टारकै ४६ वर्षीय खगेन्द्र राई र ४५ वर्षीय जीवन साम्पाङ रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने टिप्पर निर्माणधीन मदन भण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभी कस्ट्रक्सनको हो । फरार रहेका टिप्परका चालक र सह चालकको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिनुभयो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका