फोर आइज न्युज
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • नट खोल्न प्रयोग गरिने रेन्चमा १७ घन्टासम्म लिंग अड्किँदा…

नट खोल्न प्रयोग गरिने रेन्चमा १७ घन्टासम्म लिंग अड्किँदा…

नट खोल्न प्रयोग गरिने रेन्चमा १७ घन्टासम्म लिंग अड्किँदा…

एक चिनियाँ नागरिकको लिंग नट खोल्न प्रयोग गरिने ‘रेन्च’मा अड्किँदा चिकित्सकहरुले १७ घन्टासम्म निरन्तर प्रयास गर्दा पनि निकाल्न सकेनन् । नाम गोप्य राखिएका ३७ वर्षीय ती युवकलाई पूर्वी चीनस्थित जेजियांग प्रान्तीय अस्पतालमा भर्ना गरेको १७ घन्टापछि दन्त चिकित्सकहरु भने रेन्च निकाल्न सफल भए ।

डेलिमेल’काअनुसार रेन्च निकालिएपछि उनको लिंगमा नीलो डाम देखिएको र सामान्य चोटपटक लागेको छ ।
लिन्हाई सहरमा बस्ने ती व्यक्तिलाई उद्धार गर्न सैनिक चिकित्सक र अग्नि नियन्त्रकसमेत आएको तर कोही सफल नभएपछि अन्त्यमा दन्त चिकित्सकको सहयोग लिइएको ‘पिपुल्स डेली चाइना’ले जनाएकोे छ ।

फलामको काम गर्ने ती व्यक्तिको लिंग रेन्चमा अड्किएपछि जुन २ तारिखको राति साढे ९ बजे स्थानीय टाएझौ अस्पताल पुर्‍याइएको थियो । तर, त्यहाँ लिंगबाट रेन्च छुटाउने कुनै उपाय नभेटिएपछि प्रान्तीय अस्पताल लगिएको जनाइएको छ ।
सुरुमा चिकित्सकहरुले शल्यक्रियामार्फत् लिंगमा रहेको रगतको प्रवाह कम गरी रेन्च निकाल्ने सुझाव दिएका थिए ।
तर, शल्यक्रियाका लागि अभिभावकले मञ्जुरी दिएपनि अस्पतालमा आएर हस्ताक्षर गर्न असमर्थ भएपछि शल्यक्रिया गर्न नसकेको अस्पतालले उल्लेख गरेको छ ।
त्यसपछि चिकित्सकले थप सहयोगका लागि लिन्हाइ अग्नि नियन्त्रकलाई बोलाए । तर, अग्नि नियन्त्रकले पनि फलाम काट्ने ग्रिन्डर प्रयोग गर्न नसकिने र प्रयोग गरिए बिरामीलाई ठूलो नोक्सान पर्नसक्ने बताएपछि अस्पतालले आपत्कालीन छलफल गरेको अस्पतालले उल्लेख गरेको छ ।
छलफलमा दन्त चिकित्सकले समस्या समाधान गर्नसक्ने निष्कर्ष आएपछि दुई दन्त चिकित्सक झौउ जी र सि जेंगशेंगलाई अस्पताल बोलाइएको थियो ।
३० मिनेटमा आइपुगेका दुबै दन्त चिकित्सकले उच्चगतिको अत्याधुनिक डेन्टल ड्रिलको प्रयोग गरी सफलतापूर्वक लिंगमा अड्किएको रेन्चलाई निकालिएको जेजियांग प्रान्तीय अस्पतालले उल्लेख गरेको छ ।

डा. झौउ जीले उक्त डेन्टल ड्रिल तापशोषक र उच्चगतिमा हड्डी तथा दाँत काट्नका लागि प्रयोग गरिने बताए ।
अस्पतालले दन्त चिकित्सकहरुको निगरानीमा डेन्टल ड्रिल र अग्नि नियन्त्रकसहितको सहयोगमा ३० मिनेट लगाएर उक्त रेन्च काटेर सफलतापूर्वक निकालिएको र ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका