अभिनेता गौरवले श्रेणी खतिवडासँग गरे इन्गेजमेन्ट
अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। उनले बुधबार श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरूको इन्गेजमेन्ट समारोहमा नजिकका साथीभाइ र परिवार उपस्थित थिए। उनीहरू माघमा विवाह गर्ने तयारीमा छन्। श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन्। गौरवले ‘मञ्जरी, होस्टेल, उत्सव, गाजलु, साइली’ लगायत फिल्ममा अभिनय गरेका छन्। उनी फिल्म ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनको पर्खाइमा छन्।