दोहोरो अंकले घट्यो सेयर बजार
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । १२.६२ अंकले घटेको बजार २०८०.९२ विन्दुमा रोकिएको छ । यो शून्य दशमलव ६० प्रतिशतको गिरावट हो । बिहीबार सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । फाइनान्स सब–इण्डेक्स २ प्रतिशतले घटेको छ । यसबाहेक जलविद्युत, विकास बैंक, व्यापारसहितका सब–इण्डेक्स समेत धेरैले घटेको छ । […]