फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • युएईबाट आधुनिक पुस्तकालय निर्माणको लागि गरियो ४३ हजार सहयोग 

युएईबाट आधुनिक पुस्तकालय निर्माणको लागि गरियो ४३ हजार सहयोग 

युएईबाट आधुनिक पुस्तकालय निर्माणको लागि गरियो ४३ हजार सहयोग 

युएईबाट आधुनिक पुस्तकालय निर्माणको लागि गरियो ४३ हजार सहयोग आशिष बान्ताव मलेसिया :-  वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका वडानम्बर १४ चौधमा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक बिधालय लेखानीलाई युएईबाट ४३ हजार ८ सय रुपैयाँ सहयोग भएको छ । सामाजिक संजालबाट थालिएको ” आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं ” भन्ने नाराको साथ अभियान गत २६ डिसेम्बर २०१६ मा ” साझा समाज लेखानी ” ( shared society lekhani ) गठन भएको थियो । 
१९ सदस्यीय समिति गठन गरेर थालिएको उक्त अभियान सामाजिक संजाल फेस बुक मार्फत आर्थिक सङ्कलन गरिएको हो । आधुनिक पुस्तकालय निर्माण अभियानमा हालसम्म वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया , कतार , बहराइन , साउदी अरेबिया , कुवेत , नेपाल , युएई लगाएतका मुलुकमा रहेका लेखानीवाशीको साथै मनकारी सामाजिक भावनाले ओतप्रोत व्यक्तिहरुले सहयोग सङकलन गरेका छन ।
युएईबाट ओखलढुंगा निवासी बाला राई ३ हजार , मोरङका रेनुका राना मगर ३ हजार , सिन्धुपाल्चोक निवासी सरिता बस्नेत ३ हजार , गुल्मीका सुनिता भण्डारी ३ हजार ,सितल राई २,८०० रुपैया , ताप्लेजुङका गौरव लिम्बु पन्दाक ५,८०० , मकवानपुरका कृष्ण प्रसाद कर्पौला ५,८०० सिन्धुली दुधौलीका गुणराज फुयाल १,४५० , उदयपुर लेखानीका हेम चन्द्र राई १६,९५० रुपैयाँ गरि ४३ हजार ८ सय रुपैयाँ श्री चन्द्रा वति उच्च माद्यामिक बिधालयको आधुनिक पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका हुन । 
 हालसम्म ४ लाख ३० हजार भन्दा धेरै प्रतिबद्धता रकम जाहेर भएकोमा हालसम्म २ लाख ९० हजार भन्दा धेरै सहयोग रकम जम्मा भएको साझा समाज लेखानीको कोष अध्यक्ष कोमल प्रसाद प्याकुरेलले जानकारी गराएका छन । उदयपुर जिल्लाको विकट गाउँ राजनीति तथा सामाजिक आर्थिक हिसाबले पछि परेको यश क्षेत्रमा आम वैदेशिक रोजगारमा रहेको तथा मनकारी दाताहरुबाट पैसा सङ्कल गरेर आधुनिक पुस्तकालय निर्माणका लागि य अभियान चालिएको मलेशिया रहेका समाजको सचीव शम्भु कुमार राईले जानकारी गराएका छन ।
 आउदो नयाँ वर्षमा श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानीलाई आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने गरि अभियान चालिएको साझा समाजको अध्यक्ष पेशल खप्तरी मगरको योजना रहेको छ । उक्त बिधालयमा कक्षा १ देखि १२ कक्षासम्म अध्यन भएको र हाल ५ सय भन्दा धेरै मगर , राई , न्यवार , आदिवासी जनजाति , दलित , ब्राह्मण समुदायको छोराछोरीले अध्यन गर्दछन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका