फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • निर्णय नसच्चिएसम्म आन्दोलनबाट पछाडि नहट्ने ,आन्दोलनलाई बिथोल्ने प्रयास गरे कडा प्रतिवादमा उत्रने प्रेस चौतारी रामेछापको चेतावनी

निर्णय नसच्चिएसम्म आन्दोलनबाट पछाडि नहट्ने ,आन्दोलनलाई बिथोल्ने प्रयास गरे कडा प्रतिवादमा उत्रने प्रेस चौतारी रामेछापको चेतावनी

निर्णय नसच्चिएसम्म आन्दोलनबाट पछाडि नहट्ने ,आन्दोलनलाई बिथोल्ने प्रयास गरे कडा प्रतिवादमा उत्रने प्रेस चौतारी रामेछापको चेतावनी

प्रेस चौतारी नेपाल रामेछापले आफ्नो आन्दोलनलाई बिथोल्ने प्रयास गरे कडा प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।

बिहीबार प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत यस्तो चेतावनी दिएका हुन । आन्दोलनलाई बिथोल्नको लागि महासङ्घ नेतृत्वले केही व्यक्ति र समूह प्रयोग गरी प्रेस चौतारी नेपालका अध्यक्ष लगायत पत्रकारलाई टेलिफोन र विभिन्न माध्यमबाट दिएको धम्की प्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासङ्घले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरीत राजनीतिक आस्थाको आधारमा प्रेस चौतारी नेपाल आबद्ध क्रियाशील पत्रकारको सदस्यता खारेजी तथा तथा नयाँ सदस्यताबाट रोक लगाउने र आफू निकटका सरकारी सेवामा रहेका, शिक्षक, अन्य पेसामा रहेका तथा पत्रकारिता पेसामा नै नरहेकाको समेत सदस्यता कायम गर्ने निर्णय गरेपछि त्यसका विरुद्धमा प्रेस चौतारी रामेछापले चरणबद्ध आन्दोलन गरिरहेको छ । विज्ञप्तिमा प्रेस चौतारी नेपाल निर्णय नसच्चिएसम्म आन्दोलनबाट पछाडि नहट्ने कुरामा प्रतिबद्ध रहेको र पत्रकार महासङ्घको नेतृत्वलाई बिचौलियाको प्रयोग गरी प्रेस चौतारी आबद्ध पत्रकारलाई नधम्क्याउन चेतावनी दिइएको छ ।

आन्दोलनलाई बिथोल्न काहीँ कतैबाट प्रयास भए प्रेस चौतारी नेपाल त्यसको कडा प्रतिवादमा उत्रने र त्यसबाट उत्पन्न हुने परिस्थिति, भौतिक वा अन्य क्षतिको जिम्मेवारी समेत महासङ्घको वर्तमान असक्षम नेतृत्व र सो नेतृत्वको उक्साहटमा काम गरिरहेका व्यक्ति र समूह हुने समेत हुने विज्ञप्तिमा भनिएको छ ।

पत्रकार महासङ्घले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार सदस्यता शुद्धीकरण गर्न प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासङ्घ रामेछापमा ध्यानाकर्षण पत्र बुझाएकोमा त्यसको बेवास्ता गरी निर्णय सच्याउन प्रेस चौतारी नेपाल रामेछापले दिएको ४८ घण्टाको म्यादको समेत महासङ्घ नेतृत्वले बेवास्ता गरेपछि प्रेस चौतारी नेपालले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका