फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • पशुपतिमा कडा सुरक्षामा नागाबाबाहरुको लिला

पशुपतिमा कडा सुरक्षामा नागाबाबाहरुको लिला

पशुपतिमा कडा सुरक्षामा नागाबाबाहरुको लिला

राजधानीको पवित्र पाशुपत क्षेत्रमा साधु–सन्तको भीड लागेको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा आ–आफ्नो अखडा बनाई सधु र नागा बाबारु धुनी जगाएर बसेकाहरु विभिन्न स्थानबाट आएका हुन । थरीथरीका साधुहरुको लीला हेर्न रमितेहरुको पनि लर्को लागेको छ ।
गत वर्ष भूकम्प र नाकाबन्दीका कारण बाबाहरुको आगमन अघिल्ला वर्षभन्दा घटेपनि यस वर्ष संख्या २ गुनाले बढेको देख्न सकिन्छ ।
भारतबाट आएका यी नागा बाबाहरुको लीला हेर्न महिला पुरुषहरुको भीड लागेको छ । साथै यी बाबाहरुले बेचविखन गर्ने गरेको गाँजा, भाङ, धतुरो लगायतका लागुपर्दाथलाई खरिद गर्नका लागि पनि उनीहरुले भित्री रुपमा लागेका छन् ।तर यो कार्य भने पूर्णरुपमा बन्देज गरेको पशुपति क्षेत्र विकास कोषले बताएको थियो ।
प्रायः शिवरात्रीमा भगवान शिवजीको प्रसाद भनेर यस्ता लागुपदार्थहरुको अवैध रुपमा खुलेआम विक्री वितरण गर्ने सेवन गरी अन्य मानिसहरुलाई हानी पु¥याउने उत्श्रृखलता प्रर्दशन गर्ने जस्ता कार्यहरु हुदै आइरहेको थियो ।
पशुपति क्षेत्र विकास कोषले गाँजा, चरेस, भाङ र धतुरो लगायतका लागुऔषधको विक्री वितरणलाई पूर्णत बन्देज गर्ने भनियतापनि यस्ता काम रोकिएको देखिदैन । तरपनि पशुपात क्षेत्रमा सुरक्षा व्यवस्था भने निकै कडा देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका