फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२

कालिकास्थानमा भिबोर बैंक

कालिकास्थानमा भिबोर बैंक

दक्षिणी रसुवाको कालिकास्थानमा बिभोर सोसाइटी डेभलपमेन्ट बैंकको ४४ औँ शाखा सञ्चालनमा आएको छ ।
यसअघि रसुवाकै धैबुङमा बैंकले ४३ औँ शाखा विस्तार गरिसकेको बैंकका सञ्चालक हरिप्रसाद रिमालले जानकराी दिनुभयो । कालिकास्थानमा बंैक स्थापनापछि स्थानीयवासीलाई बैंकिङ कारोबारमा सहज हुने भएको छ ।
माघ ७ गते बैंकको शाखा विस्तारलगत्तै पहिलो दिनमै एक सय ६४ जनाले नयाँ खाता खोली रु ६४ लाख रकम बचत गरिसकेका छन् । शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सुवाकोटीले उद्घाटन गर्नुभएको थियो । बैंकले गत वर्ष नुवाकोटका देवीघाट र ढिकुरेमा समेत शाखा विस्तार गरी सेवा दिइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका