फोर आइज न्युज
आइतवार, जेष्ठ २६, २०८२
  • होमपेज
  • विपन्न वर्ग कर्जामाः नविल र हिमालयन बैंक फसे

विपन्न वर्ग कर्जामाः नविल र हिमालयन बैंक फसे

विपन्न वर्ग कर्जामाः नविल र हिमालयन बैंक फसे

कृषि र विपन्न वर्ग कर्जा प्रवाह नगरेको फेला पारेपछि  लिमिटेडलाई राष्ट्र बैंकले फेरि चेतावनी पत्र दिएको छ । राष्ट्र बैंक उच्च स्रोतले दिएको जानकारी अनुसार यी दुई बैंकलाई गत वर्ष विपन्न वर्ग कर्जा र कृषि कर्जा राष्ट्र बैंकको निर्देशन अनुसार नगरेको भेटिएपछि हिमालयन बैंक र नविल बैंकलाई १ करोड ५ लाख जरिवाना गरेको थियो । नविल बैंक विनोद चौधरी (चौधरी ग्रुप)को लगानीमा स्थापना भएको बैंक हो भने हिमालयन बैंक हिमालयन शम्शेर र श्रेष्ठ समुको लगानीमा स्थापना भएको बैंक हो ।
राणा परिवारको बैंक भएकै कारण हिमालयन बैंकले विपन्न वर्ग कर्जा र कृषिमा राष्ट्र बैंकले तोकेको लगानी नगरेपछि ५ महिना अगाडी १ करोड ५ लाख जरिवानाको कारवाही गरेको थियो ।
सधै राणा परिवार र श्रेष्ठ परिवार वीच अख्तियार एकले अर्कोलाई सिध्याउने सम्मको काण्ड हुने भएपछि हिमालयन बैंकमा जनताको निक्षेप असुरक्षित मात्रै भएको छैन । ठूला डिपोजिट कर्ताहरु नेपाली सेना र कर्मचारी सञ्चयकोषले रकम फिर्ता समेत लगेको एक उच्च कर्मचारीले नाम नलेख्ने शर्तमा बताए ।
हिमालयन बैंकका सिइओ अशोक राणाको असक्षमता र बैंक विवादका कारण ६५ करोड मेलम्चीको चिनीयाँ ठेकेदारलाई दिएको रकम अझै उठेको छैन। उठ्ने अब कुनै उपाय नै छैन ।
लगानी बढाउनु भन्दा पनि बैंकको विवाद मिलाउन र कर्मचारीलाई कारवाही गर्न बढी रुचाउने सिइओ राणाकै कारण बैंक तहसनहस भएको राष्ट्र बैंकको बुझाई छ ।
उता नविल बैंक (चौधरी ग्रुप) को लगानीमा स्थापना भएको बैंक भए पनि यस बैंकले पनि कृषि र विपन्न वर्ग कर्जा राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार गर्न सकेको छैन । गत वर्ष समेत नविल बैंक लिमिटेडले विपन्न वर्ग कर्जा नै लगानी नगरी झुटो विवरण राष्ट्र बैंकमा पठाएपछि १ करोड ५ लाख जरिवाना गरेको खुलासा भएको हो ।
राष्ट्र बैंक उच्च सुत्रले दिएको जानकारी अनुसार सचिन जोशी सिइओ भएर नविल बैंकमा आएपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लागि बैंकमा देखाउनु पर्ने होम लोनमा दिदा समेत कोटा खडा गरी पावर नभएकाहरुलाई नदिएको, कर्जा दिएपनि १० प्रतिशत जवरजस्ती चलाउन लगाएको र विपन्न वर्ग कर्जा लगानी बढाउने कुनै योजना नवनाएको राष्ट्र बैंकले फेला पारेको स्रोतको दावी छ ।
सचिन जोशी नेकपा माओवादी पार्टीका क्रियाशील सदस्य समेत रहेका बैंकर हुन । उनी नविल बैंक आएपछि कमिशन कै भरमा ठूला व्यापारीलाई सस्तो ब्याजदरमा कर्जा दिएको तर कृषि र विपन्न वर्गलाई कर्जा नदिएको राष्ट्र बैंकको बुझाई छ ।
यी दुई ठूला बैंक कै कारण अब राष्ट्र बैंकले आर्थिक नीति मार्फत विपन्न वर्ग कर्जा र कृषि कर्जामा सीमा नतोक्ने भएको छ । यदि कर्जा प्रवाह नगरे ५ करोड भन्दा बढी जरिवाना गर्ने भएको स्रोतको दावी छ ।
नविल बैंकवाट नेपाली पूजी विदेश पलायन गरेका विनोद र वसन्त चौधरीको संरक्षणमा सिइओ भएका जोशीले गरिब र ग्रामीण जनतालाई कृषि र विपन्न वर्ग कर्जा प्रवाह गरेका छैन ।
दिनभरी ठूला व्यापारीसँग बसेर कर्जा प्रवाह गर्ने योजना बनाई ठूलो कमिशन हात पर्ने र साँझ परेपछि फाइभ स्टार होटलमा हुस्की र चिकेनचिल्ली खाने हिमालयन बैंक र नविल बैंकका सिइओद्वय अशोक राणा र सचिन जोशीका वारेमा राष्ट्र बैंकले भित्री रुपमा निगरानी बढाएको राष्ट्र बैंक स्रोतले  बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका