फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • पहिराे खसेपछि मध्यपहाडी लोकमार्ग बन्द

पहिराे खसेपछि मध्यपहाडी लोकमार्ग बन्द

पहिराे खसेपछि मध्यपहाडी लोकमार्ग बन्द

बाग्लुङ – दुई दिनदेखिको वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गएरातिदेखि बन्द भएको छ ।

सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् । यात्रुले सास्ती बेहोरिरहेका छन् ।

ठाउँठाउँमा खसेकाे पहिराेले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता  हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिराे पन्छाएर बन्द सडक खुलाउने काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका