फोर आइज न्युज
बिहिबार, भदौ १२, २०८२
  • होमपेज
  • सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

सुदूरपश्चिममा कांग्रेस र माओवादीको छुट्टै बैठक

चुनावी तालमेलका षियमा छलफल गर्न सुदूरपश्चिममा नेपाली कांग्रस र माओवादी केन्द्रको छुट्टै प्रदेश स्तरीय बैठक बसेको छ। बैठकमा एकीकृत समाजवादी पार्टीको भने सहभागिता रहेन । कांग्रेस र माओवादी केन्द्रले याे बैठक नभई प्रदेशमा तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक छलफल मात्रै गरिएको जनाएका छन्।

कांग्रेस प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले प्रदेशका विवादित स्थानमा कसरी अघि बढ्ने भन्ने विषयमा समान्य छलफल मात्रै भएको बताइन्। ‘प्रदेशमा समाजवादी पार्टीलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार दुई दलबीच सामान्य छलफल भएको हो,’ उनले भनिन्, ‘तर गठबन्धनलाई कायम राख्ने विषयमा भने हामी सहमत छौं।’

खास गरी समाजवादी पार्टीले धेरै ठाउँमा नेतृत्व मागेका कारण त्यसलाई कसरी लैजाने भन्ने विषयमा दुई दलबीच छलफल भएको सहमहामन्त्री चलाउनेले बताइन्।
बझाङ, बैतडी र दार्चुलामा सहमति भइसकेको बताउँदै उनले कैलाली र कञ्चनपुरमा बढी समस्या भएका कारण त्यसलाई कसरी समेटेर लैजाने भन्ने विषयमा बुधबार छलफल भएको बताइन् ।

‘डडेल्धुराको विषय केन्द्र बाटै टुङ्गो लाग्न सक्छ,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘अछाम र बाजुरामा पनि सहमति अन्तिम चरणमा पुगेको छ, डोटी, कैलाली र कञ्चनपुरमा केही समस्या रहेको छ, यसलाई कसरी समाधान गर्ने भनेर दुई दलबीच छलफल गरिएको हो।’

माओवादी  केन्द्र प्रदेश अध्यक्ष हरिराम चौधरी बुधबार बैठक नबसेको बताए। ‘आगामी दिनमा बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समान धारणा बनाउन दुई दलका नेताबीच सामान्य छलफल भएको हो,’ उनले भने, ‘यो बैठक हैन, बैठकमा समाजवादी पार्टीलाई पनि बोलाउँछौं ।’

यस विषमा एकीकतृ समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रम शाहीलाई बुझ्न खोज्दा उनको फोन उठेन । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ, भने माओवादीले ३० र एकीकृत समाजवादीले २० पालिका दाबी गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।