नेपाल इन्जिनियरिङ परिषद्ले ब्याचलर अफ इन्जिनियरिङको किर्ते प्रमाणपत्र पेश गरी नाम दर्ता गराउने ८ जना इन्जिनियरहरुको लाइसेन्स खारेज गरिदिएको छ ।परिषद्ले सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ परिषद् ऐन – २०५५ बमोजिम योग्यता नपुगी सोही ऐनअनुसार धोखा दिई नाम दर्ता गराएको भन्दै उनीहरुको नाम र दर्ता नम्बर परिषद्को साधारण दर्तावाला दर्ता किताबबाट हटाएको जनाएको छ ।
परिषद्ले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल इन्जिनियरतर्फ दर्ता भएकाहरुको दर्ता किताबबाट नाम र दर्ता नम्बर हटाएको हो । परिषद्का अनुसार शेखर पंजियार, मनिषकुमार यादव, सन्तोष लामा, सुरज सिंखडा, सन्देश घिमिरे, अबिनाश गौचन, श्रीराम आचार्य र बिशाल श्रेष्ठको नाम र दर्ता नम्बर हटाएको छ ।