फिफा विश्वकप छनोटमा ब्राजिलले पाराग्वेलाई ४० ले हरायो : इक्वेडर र पेरुले बराबरी खेले
कतारमा हुने फिफा विश्वकप फुटबल दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पाराग्वेलाई ४–० गोलले हराएको छ । ब्राजिलका राफिन्हा, फिलिपे कोउटिन्हो, एन्टोनी र रोड्रिगोले एक/एक गोल गरे । जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ । ब्राजिल छनोटको शीर्ष स्थानमा छ । ब्राजिलले यसअघि नै विश्वकपमा स्थान बनाइसकेको छ । पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा […]