सीमानाकामा एक रुपैयाँ फाइदा लिएर चिनीको अवैध कारोबार
रुपन्देहीको सिद्धार्थनगर र कोटहीमाईको सिमाना दुर्गौलियामा झिसमिसे नहुँदै साइकल, मोटरसाइकल र पैदलमार्फत चिनी अवैध ओसारपसार हुन्छ। क्षमताअनुसार बालबालिकाले २५ केजी, साइकलमा एक बोरा र मोटरसाइकलमा चार बोरासम्म चिनी भारतबाट नेपालतर्फ ल्याइन्छ। गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लासमेत रहेको रुपन्देहीमा पछिल्लो समय भारत सरकारले चिनी र गहुँ निर्यातमा बन्देज लगाएसँगै सीमा क्षेत्रमा यस्ता दृश्यहरू देख्न सकिन्छ। अवैध सामान […]