बागमती प्रदेशमा नयाँ सहकारी संस्था दर्ता बन्द
बागमती प्रदेश सरकारले नयाँ सहकारी संस्था दर्ता गर्न बन्द गरेको छ । प्रदेश सरकारको असार ३ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । विगतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट दर्ता भएका सहकारी संस्थाको दर्ता प्रक्रियाका सम्बन्धमा रहेका गुनासाहरुको छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा नयाँ संस्था दर्ता रोकिएको जनाइएको छ । […]