फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • बजाज पल्सर एनएस १६० ‘पावर टू प्ले’ नेपालमा सार्वजनिक

बजाज पल्सर एनएस १६० ‘पावर टू प्ले’ नेपालमा सार्वजनिक

बजाज पल्सर एनएस १६० ‘पावर टू प्ले’ नेपालमा सार्वजनिक

नेपालमा सबैभन्दा अधिक बिक्री हुने एचएच बजाजले हालै नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ । नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ ।
यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ ।
यो बाइकमा न्यूनतम हेड फेयरिंग रहेको छ, जसमा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एण्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटरहरु छन् ।
यसको पछाडिको भागमा, स्प्लीट एलईडी टेल ल्याम्प राखिएको छ । पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक हृवाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक कलरमा आउँछ । यो मोटरसाइकल देशभरीका बजाजका शोरुमहरुमा शुरुवाती मूल्य २ लाख ५९ह जार ९ सय रूपैयाँमा उपलब्ध छ ।
हंसराज हुलासचन्द कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले बजारमा नेतृत्व लिनुको सबैभन्दा महत्वपूर्ण विषय भनेको यसको उच्चतहको उत्पादन डिजाइन तथा विशिष्ट ईन्जिन प्रविधिमा ध्यान केन्दि्रत गर्नु हो र यो पल्सर परिवारमा नयाँ हिस्सा हो, हामी फेरि यो क्षेत्रमा नयाँ कन्स्पेस्टका साथ अगाडि आएका छौं ।
हामी यो विश्वास्त छौं कि पल्सर एनएस १६० ले चालकहरुको अपेक्षालाई पुरा गर्दै पावर टू प्ले भन्ने मुल मन्त्रलाई अंगिकार गर्नेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका