फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • काठमाडौंमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाडौंमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाडौंमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाडौंमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।

काठमाडौैंमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिएका छन् ।

उनका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आंशिक बदली हुने सम्भावना छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका