धरानलाई सभापति कप
सुनसरी — धरान उपमहानगरपालिकाले इटहरीमा जारी पहिलो सभापति कप अन्तरनगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा दुहबी नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । धरानलाई उपाधि जिताउन कप्तान तपन कार्कीले २ तथा सरुण श्रेष्ठले १ गोल गरे । खेलको म्यान अफ द म्याच […]