भीसी विभूषित घलेका नाममा संग्रहालय
गोरखा — बेलायतको सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस (भीसी) बाट विभूषित गजे घलेको जन्मगाउँ बारपाकमा उनकै नाममा संग्रहालय स्थापना गरिएको छ । घलेको पुर्ख्यौली जग्गामा स्थापना गरिएको संग्रहालय गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उद्घाटन गरेका छन् । संग्रहालयको प्रवेशद्वारमा घलेको अर्धकदको सालिक निर्माण गरिएको छ । संग्रहालयभित्र गजे घलेसँग सम्बन्धित तस्बिर र विभिन्न दस्ताबेज राखिएका छन् । दोस्रो विश्वयुद्धमा […]