युवा संघको दसौं महाधिवेशन जेठ दोस्रो साता पोखरामा
कास्की — एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दसौं महाधिवेशन जेठ दोस्रो साता पोखरामा हुने भएको छ । जेठ ९ देखि ११ गतेसम्म पोखरा सभागृहमा आगामी महाधिवेशन हुने संघले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । देशभरबाट करिब २ हजार जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव […]