फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक

साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक

साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक रमेश पाठक र बिनोद बि.सीको साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत, रमेश पाठक, बिनोद बि।सीकै रहेको छ भने स्वर पनि रमेश पाठक बिनोद बि.सी.र बेनीसा पौडेलको रहेको छ । यस गीतको छाँयाकन तथा सम्पादन ओम प्रसाइँले गरेका छन् ।

टेक लामाले निर्देशन गरेको योे गीतमा कृष्ण रसाल, शिला गजुरेल, रीता सानु,रिहान शंखर लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । बद्लिदो परिस्थिती र अनेकौं नयाँ परम्परा भित्रीदै गर्दा आधुनिक जमानाको परिभेषलाइ चिर्दै आफ्नो रिती रिवाज र परम्परा बचाउने उदेश्यले यो गीत रचना भएको छ । गीतको मिक्सिङ/मास्टरीङ नरेन्द्र यिबोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।

यस अघि रमेश पाठकको मायााकै पिर, सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौंनि,लगाएतका गीत सार्वजकि भैसकेका छन् । साथै बिनोद बि।सीको गुलाबको फुल, पच्पन्न झ्याले दरबार, लाको हैन गफ, ब्वाइफ्रेन्ड चाहियो मलाइ ,मायाको पछ्यौरी लगाएतका गीत सिर्जना भैसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका